
पूर्णपुष्टि, असोज २८
आज पहाडी क्षेत्रको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परे पनि अरु ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर हुँदै भारतको तेलंगानाबाट पश्चिम, उत्तरपश्चिम तिर सर्ने क्रममा रहेकाले नेपालमा थोरै प्रभाव पर्ने जनाएको छ ।

आज राति प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि ठाउँमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

