Saturday, June 13News That Matters

पहिरोमा परी २ को मृत्यु, १ घाईते

पूर्णपुष्टि, असार ३ गते ।
ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ ट्याम्फु स्थितमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् । पहिरोमा परी ५७ बर्षीया तुलसा अधिकारी र बुहारी ३४ बर्षीया यसोधा अधिकारीको घटनास्थलमै मृत्यु भएको र ३५ बर्षीय छोरा बिष्णु अधिकारी घाईते भएका हुन ।
हिजो राती ११ बजे बर्षातको कारण गएको पहिरोले उधोग अधिकारीको ३ तले घर र गोठ पुरीई पुर्णरुपमा क्षति हुँदा घरले किची दुईको घटना स्थलमै ज्यान गएको हो, भने एक घाईते भएको प्रहरीले जनाएको छ ।
घटना स्थलमा तत्काल प्रहरी चौकी खेवाङबाट प्रहरी टोली खटि उद्धार गरी घाईतेलाई उपचारको लागि नेपाली सेनाको हेलीकप्टरद्वारा कोशी अस्पताल बिराटनगर पठाईएको छ भने दुवै शवलाई जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको छ । थप उद्दार कार्यको लागि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी निरीक्षक सहितको टोली खटि गएको छ ।