Saturday, June 13News That Matters

विद्यालय जाने क्रममा स्कुटर दुर्घटनाहुँदा शिक्षिकाको मृत्यु

काठमाण्डौँ, असार ३

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ । तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढ्नु भएको स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढ्नुभएको बा.९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भइ भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृत्यु भएको हो । घटनास्थलभन्दा ५०० मी. तलबाट उद्धार गरे पनि उहाँलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । उहाँ उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो । (रासस)