
पूर्णपुष्टि, २९ असोज
दशैँको मुखमा गाईघाट बजार भिँडभाँडमय बन्दै गएको छ । बजारका मुख्य ब्यपारी क्षेत्र र आर्थिक कारोबारका बित्तिय संस्थाहरु पनि उत्तिकै चापाचाप छ । यस्तै गाईघाट स्थित बैँक लाईन यो बेला सबै भन्दा बढी अस्तव्यस्त देखिन्छ । बाणिज्य बैँक सहित अन्य बंैँकहरु समेत रहेको यस लाईनमा दशैँ खर्च देखी बृद्धा भत्ता समेत झिक्ने लार्को लागेको छ ।
त्यस ठाउँमा ट्राफिक प्रहरी दिनभर डिउटी नगरे सडकनै जाम हुने अवस्था छ । एक लाईन पार्किङ गर्नु पर्ने भएपछि सेवाग्राहीहरुको सवारी सडकबीच सम्मै पार्किङ भएको छ । यस अवस्थामा सवारी हिड्न ठाउँनै छैन् । मानिसको आवतजावत र सवारी आवतजावतले दुर्घटनाको जोखिम पनि त्यस क्षेत्रमा बढेको छ ।

