Monday, May 4News That Matters

गोपीकृष्ण राईको तेस्रो म्युजिक भिडियो “झम्के साझैमा” सार्वजानिक

पूर्णपुष्टि, २८ असोज ।
गोपिकृष्ण राईको शब्दमा रहेको झम्के साझैमा बोलको नेपाली म्यूजिक भिडियो सार्वजनिक भएको छ । उदयपुरको लिम्चुङबुङ्ग गाउपालिका घर भएका राईले हाल दक्षिण कोरियामा आफ्नो कर्मथलो बनाएको छ । गित संगितमा पनि अब्बल राईले यस अघि पनि सांगितिक प्रस्तुतिहरु गरिसकेको छ ।

उनको यो तेश्रो म्यूजिक भिडियो हो । राईले यो भन्दा अगाडि उदयपुरे गायक टम्पसेर राई को स्वरमा सकिन बन्न ब्रिटिसको लाहुरे र राई इज किङ्ग राजेश पायल राईको स्वरमा परदेशिलाई प्यारो लाग्छ भन्ने गित ल्याईसकेका छन ।

गोपिकृष्ण राइ नामको आफ्नै यूटुव च्यानलमा सार्बजनिक गरिएको गितमा सँगित र आवाज उदयपुरका कलाकार मनिस श्रेष्ठको रहेको छ भने एरेन्जमा अहिलेको चर्चित गायक तथा सँगितकार उर्गेन दोङको रहेको छ । कोरियाको विभिन्न स्थानहरुमा छयांकन गरिएको उक्त म्यूजिक भिडियोमा राई र सुस्मिता गुरुङको अभिनय हेर्न सकिनेछ । भिडियोको डाईरेक्सन राई आफैले गरेको छ भने, क्यामेरामा सोनाम प्रबिन पराजुली र सम्पादनमा मोहन सुनुवार (नविन) रहेको छ ।