
पूर्णपुष्टि, २९ असोज ।
उदयपुरको उदयपुरगढी गाउँपालिका ७ अधेरी झर्नामा भएको माईक्रो दुर्घटनामा १८ जना घाईते भएको छ । काठमाण्डौँ देखी झापा तर्फ जाँदै गरेको प्र.१–०२०००४ क २०७६ नं को हायस दिउँसो पछाडीको टायर खुस्किदा दुर्घटना भएको थियो । टायर खुस्किएर अनियन्त्रीत भएको माईक्रो सडक छेउ दाईने साईडको सालको रुखमा ठक्कर खाएर ध्वस्त भएको थियो । उक्त माईक्रोमा सवार १८ मध्य दुई जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अन्य सबै सामान्य अवस्थामा रहेको छ । घाईते हुनेहरुमा चालक जिल्ला सिन्धुली सुनकोशी गापा ५ बस्ने बर्ष २३ को सागर ठकुरी, ईलाम सुर्यदय न.पा. ९ बस्ने बर्ष ४० की रेणुका गौताम, निजको छोरा बर्ष १५ को अनुपम आचार्य, झापा शिवसता सिधाम न.पा. १ बस्ने बर्ष ३० को निर्देश भट्टराई, निजको बहिनी बर्ष १४ की निकिता, सुनसरी बराह्रक्षेत्र न.पा. ५ बस्ने बर्ष ३९ को भिम कुमार खत्री, झापा मेची न.पा १० धुलावारी बस्ने बर्ष ३९ की भारती कार्की, निजको छोरा बर्ष १२ को संयम कार्की, जिल्ला मोरङ पथरी न.पा.बस्ने बर्ष १४ को निरज निरौला, ललितपुर गोदावारी न.पा.११ बस्ने बर्ष ४७ को बिजय तामाङ m पाँचथर फिदिम न.पा. ६ बस्ने बर्ष ७२ को बलबिर बि.क.जिल्ला धनकुटा न.पा. ७ हुलाकटोल बस्ने बर्ष ४७ को रजित श्रेष्ठ, जिल्ला कन्चपुर भिमदत्त न.पा. १० बस्ने बर्ष ३४ को मुकेश चन, झापा धुलाबारी बस्ने अं। बर्ष २७ की अन्जु पोख्रेल, धनकुटा सागुरीगढी गा.पा. ६ बस्ने बर्ष १८ को रोशन राई, सुनसरी धरान उ.प.न.पा. १७ बस्ने बर्ष ३० को बिनोद राई, जिल्ला सुनसरी झापा कंकाई न.पा. ४ बस्ने बर्ष ३४ को प्रनिश श्रेष्ठ र भक्तपुर सुर्यविनाय न.पा. वडा न. नखुलेको देवि दाहालको छोरी वर्ष ८ की आरध्या दाहाल घाईते भएको हो । मध्ये चालक र झापा धुलाबारी की अन्जु पोख्रेल गम्भीर घाईते छन् ।

