
पूर्णपुष्टि, साउन १३ । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।
यसअघि विशेष अदालतले जोशीलाई डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सर्वोच्च अदालतले भने यस फैसलालाई संशोधन गर्दै कैद र जरिवाना दुवै घटाएको छ। सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार ताराराज पाण्डे र बासुदेव पन्तले भने सफाइ पाएका छन्।
