Monday, April 20News That Matters

पूर्व वडाअध्यक्ष फत्तबहादुर ठकुरी पुरानै घर फर्किए

पूर्णपुष्टि, भदौ १३ । ताप्लीका स्थानीय नेता तथा पूर्व वडाअध्यक्ष फत्तबहादुर ठकुरी माओवादी केन्द्रमै फर्किएको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत ठकुरी माओवादीमै फर्किएको हो ।
घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका सहित सञ्चालनमा रहेको अभिमुखीकरण कार्यक्रममा ठकुरी माओवादीमै पुनर्मिलन भएको बताईएको छ । ठकुरी केही समय अघि समाजवादी पार्टीमा गएका थिए । पछिल्लो अभियानको क्रममा उनि माओवादीमै समाहित भएको पार्टीका जिल्ला संयोजक विनोदकुमार कटुवालले जानकारी दिए ।