
पूर्णपुष्टि, फागुन १० गते । पोखरामा विष्फोटक पदार्थ पड्किँदा दुई बालक घाईते भएका छन् । विष्फोटक पदार्थ पड्किँदा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाईते भएका छन् । उक्त घटना हिजो मंगलबार घटेको थियो । तर आज मात्र सार्वजनिक भएको छ ।
ति दुबै घाईते बालकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पोखरा ३३ ठूल्ढुंगामा मंगलबार दिउँसो घर नजिकैको झाडीबाट टिपेर ल्याएको वस्तु खेलाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले बताए । उहाँका अनुसार घाइते बालकहरुको अवस्था सामान्य रहेको छ । एक बालकको अपरेसन राति नै भईसकेको र अर्को बालकको भने आज हुने छ । विस्फोटक पदार्थ कहाँ र कस्तो अवस्थामा थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
