
पूर्णपुष्टि, फागुन १० गते । युरोपियन च्याम्पियन लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा प्रिमियर लिग क्लब लिभरपुलमाथि स्पेनिस क्लब रियल मड्रिडले सानदार जित निकालेको छ । रियलले रिभरपुललाई ५–२ गोल अन्तरमा पराजित गरेको हो ।
मंगलबार राति घरेलु मैदान एनफिल्डमा भएको खेलको चौथो मिनेटमा डार्विन नुनेजले र १४ औँ मिनेटमा मोहमद सालहले गोल गर्दै लिभरपुललाई २–० को आग्रता दिलाएका थिए ।
तर लिभरपुलले यस अग्रतालाई जोगाउन नसकेपछि हार व्योहोर्नु परेको हो । पहिलो हाफमै रियलका लागी भिनियस जुनियरले २१ औँ र ३६ औँ मिनेटमा गोल गर्दै लिभरपुलसँग बराबरी खेलेको थियो ।
दोस्रो हाफमा रियलबाट तिन गोल
दास्रो हाफको ४७ औं मिनेटमा एडर मिलिटाओले गोल गर्दै रियललाई ३–२ को आग्रता दिलाएका थिए । त्यसपछि खेलको ५५ औँ र ६७ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियलले लिभरपुलमाथि सानदार जित निकालेको हो ।
