
पूर्णपुष्टि, भदौ ८ गते ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका शिक्षकको शव आज फेला परेको छ । काठमाडौँको मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता भएका पोखरा महानगरपालिका–३२ बस्ने ४५ वर्षीय बाबुराम अधिकारीको शव आज बिहान पेला परेको हो ।
मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका अधिकारी तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदीश रेग्मीले बताए ।
प्रहरी निरीक्षक रेग्मीका अनुसार उक्त शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने र दमौली अस्पतालमै शव परीक्षण गरी आफन्तलाई बुझाइएको छ ।
