Saturday, June 6News That Matters

१७ बर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

पूर्णपुष्टि, भदौ ८
झापामा १७ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्वल खुलाल रहेका छन् ।खुलालले किशोरीलाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका–१ पुलचोकस्थित होटल र पुनः इलाम हर्कटेस्थित होटलमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।