
पूर्णपुष्टि, असार १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता समीकरणबारे ‘विवेकसम्मत निर्णय’ लिन सुझाव दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको तीन घण्टा लामो छलफलमा प्रचण्डले ओलीलाई सत्ता समीकरण, बजेट, विभिन्न नियुक्ति र भावी सहकार्यबारे ‘विवेकसम्मत निर्णय’ लिन आग्रह गरेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनको असन्तुष्टि सम्बोधन गर्न तयार रहेको र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि सत्ता हस्तान्तरण गर्न इच्छुक रहेको बताए । साथै, कांग्रेसको समर्थनमा सरकार बनाउने विकल्पबारे पनि सोच्न ओलीलाई सुझाव दिएका छन्। ओलीले विवेकसम्मत निर्णय लिने जवाफ फर्काएका छन्।
