
पूर्णपुष्टि, चैत्र ७ । बाँकेको कोहलपुर नगरपालिका २ मा जारी प्रथम कोहलपुर गोल्ड कपमा आज भएको खेलमा नवलपरासीलाई हराउँदै हिमालयन शेर्पा विजयी भएको छ । हिमालयन शेर्पाले नवलपरासी ११ लाई (३–२)ले विजयी भएको हो । ९० मिनेटको समयमा बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट हिमालयन शेर्पाले विजयी हासिल गरेको हो ।
हिमालयन शेर्पाका खेलाडि विशाख लामा, क्षितिज खड्का र विशाल लामाले पेनाल्टी सुट आउटबाट ३ गोल गर्ने सफल भएका थिए भने नवलपरासी ११ का खेलाडि टेकराज गुरुङ र मनिस चौधरीले २ गोल गरेका थिए । दुबै टिमका कप्ताङ पेनाल्टी सुट आउटबाट गोल गर्ने सकेनन् भने हिमालय शेर्पाका गोलकिप्परले भने नवलपरासीका खेलाडि रन्जित चौधरी र मनिस मगरको गोल हुनबाट बचाएपछि विजयी हुन सफल भएको रेसिङ्ग साहारा क्लबका सचिव नवकिरण शाहले कोहलपुर टुडेलाई जानकारी दिए । हिमालयन शेर्पाका कप्लाङ सुरेश कमाल र नवलपरासी ११ का कप्ताङ रन्जित आले रहेका थिए ।
नेपाली काँग्रेसका क्षत्रिय सभापति पोषण केसीले म्यान अफ द म्याच भएका हिमालयन शेर्पाका गोलकिपर क्रिसल मोक्तानलाई नगद ५ हजार हस्तान्तरण गरेका थिए । खेलको पहिलो दिनमा कोहलपुर रेसिङ साहारा क्लबले कपिल्पबस्तु ११ लाई (१५–१) हराउँदै विजयी भएको थियो भने दोस्रो दिनको खेलमा ब्वाईज यूनियन (काठमाण्डौँ) र साहारा क्बल (भारत) (१–१) बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट ब्वाईज यूनियन (काठमाण्डौँ) ले साहारा क्बल (भारत)लाई (३–२) हराउँदै विजयी भएको थियो । रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र अधिकारीका अनुसार भोली दिउँसो ३ बजेबाट अफ्रिकाका खेलाडि क्यामरुन र संकटा क्लब ९काठमाण्र्डौं० विच प्रतिस्पर्धा हुने जानकारी दिएका छन् ।
