
पूर्णपुष्टि, चैत्र ७ । उदयपुरको क्याम्पसहरुले स्ववियु चुनावको सबै मत परिणाम सार्वजानिक गरिसकेको छ । जिल्लाको तिन ओटा क्याम्पसहरुमा स्ववियु निर्वाचन भएका थिए । जिल्लाको सबै भन्दा ठुलो र पुरानो त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा, त्यस्तै दोस्रो ठुलो क्याम्पस गाईघाटको बरुवा र चौदण्डीगढी नगरपालिका बसाहाको नारद आदर्श शिक्षा क्याम्पस गरी तिन ओटा क्याम्पसहरुले स्वबियु चुनाव गराएका हुन् ।
तिन ओटा क्याम्पसको मत परिणाम अनुसार तिनै ओटामा नेवि संघ भने उदयपुरमा यो पटक निल भएको छ । पहिलो स्ववियु निर्वाचनमा त्रियुगा जनता बहुमुखी क्याम्पसमा नेवि संघबाटै सभापतिमा रोसन कार्की निर्वाचित भएका थिए ।
यो पटक पनि त्रिजवमा नेवि संघलेनै जित हात पार्ने सम्भावनाको हल्लैहल्लाको बिच अखिल क्रान्तिकारीले बिजयी निकालेको छ । यता नारद आदर्श र बरुवामा जित निकालेर बर्चश्व जमाउन खोज्दै त्रिजवमा पनि दाउ छोपेको अनेरास्ववियु पनि यहाँ हार बेहोरेको छ । सानो दुई क्याम्पसमा जित निकाल्दै त्रिजवमा समेत जित्ने आश राखेका अनेराश्ववियुले यस क्याम्पसमा जितलाई निरन्तरता दिन सकेन् । यस कयम्पसमा भने नेवि संघ र अनेरास्ववियु दुवैलाई हराउँदै अखिलक्रान्तिकारीले जित हात पार्यो । तिन क्याम्पस मध्ये दुईमा अनेरास्ववियु र एकमा अखिलक्रान्तिकारीले जित निकाले सँगै नेवि संघ जिल्लामा सुन्य भएको हो । त्रिजवमा अन्य पदमा तल माथी भएपनि सभापतिमा भने नेवि संघकै बढी सम्भावना रहेको बताउँदै आएका थिए ।
