Sunday, May 3News That Matters

प्रथम दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिताको तिव्र तयारी

पूर्णपुष्टि, २० बैशाख ।
यहि बैशाख २२ गते देखी सुरु हुने प्रथम दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिताको तयारी तिव्र रुपमा भैरहेको छ । साकेला युवा समूहको आयोजना तथा जिल्ला फुटवल संघ उदयपुरको समन्वयमा साकेला खेलमैदानमा हुन लागेको प्रतियोगिताको तयारी भैरहेको हो । आयोजक यतिवेला फिल्ड तयारीमा जुटेको छ ।

घेराबेरा, पोष्ट र स्टेजका लागि काम भैरहेको छ । पहिलो पटक आयोजना लागेको प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन तिव्र तयारी र व्यवस्थापनलाई चुस्त दुरुस्त बनाईदै छ । प्रतियोगिताको मुख्य स्पोन्सर स्वर्गीय दिपक राईको श्रीमती गिता राई रहेकी छिन् । उनि आर्थिक सहयोग सँगै अन्य भौतिक व्यवस्थापनमा समेत सक्रिय छिन् । उनले श्रीमान पहिले देखिनै फुटवल खेलाडी भएको र फुटवललाई माया गर्ने भएको हुँदा आज त्यो सपना पुरा गर्न उक्त प्रतियोगितालाई आर्थिक र भौतिक सहयोग गर्ने इच्छा जागेको बताईन् ।