Sunday, May 3News That Matters

राष्ट्रि सूचना तथा पूविधि दिवसको अबसरमा गाईघाटमा प्रभातफेरी र्याली

पूर्णपुष्टि, २० बैशाख ।
उदयपुरमा राष्ट्रिय सूचना तथा प्रविधि दिवस भव्य रुपमा मनाईएको छ । उक्त दिवसको अवसरमा गाईघाटमा प्रभातफेरी र्याली सहित कोणसभा गरिएको छ । प्रविधि तथा सूचनाको क्षेत्रमा काम गर्ने सम्बन्धित संघ संस्था र सोही क्षेत्रमा काम गर्ने कर्मचारीहरुको उपस्थितिमा सूचना तथा प्रविधि दिवस २०८१ लाई भव्य पार्न र्याली आयोजना गरिएको हो । कम्पुटर एसोसिएसन नेपाल (क्यान फेडेरेसन) उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिका र त्रियुगा नगरपालिका वडा नं ११ का समन्वयमा दिवस मनाईएको हो । दिवसमा आईटी तथा बिआईसीटी अध्यान गर्ने विद्यार्थी तथा प्राविधिक शिक्षामा आवद्ध विद्यार्थीहरुलाई उपस्थिति गराईएको थियो । साथै बिभिन्न इन्सिट्युचका विद्यार्थीहरु पनि सहभागी थिए ।

कार्यक्रममा उपस्थित अतिथीहरुले सूचना प्रविधि पछिल्लो समय विकसित अवस्थामा रहेको जनाए । आज सूचना प्रविधिलाई सहि तरिकाले प्रयोग गरे फाईदा रहेको तर दुरुपायेग गरे यसको असरहरु व्यापक बन्दै गरेको जनाए । सूचना संञ्चार र प्रविधिहरु मौलाएको भएपनि यसबाट आउने जानकारीहरु भने मानिसले कार्यन्वयन नगरेको जनाएको छ । क्यान उदयपुरका अध्यक्ष राजन आचार्यले सूचना प्रविधि जस्तो महत्वपूर्ण क्षेत्रमा पनि सरकार भने मौन रहेको जनाए । यस्तो दिवसहरु संघले आयोजना नगरी सरकार आफैले गर्नु पर्ने जनाए । यो महत्वपूर्ण दिवसलाई स्थानीय सरकारले उत्ति चासो नदिएको संघको भनाई छ । बिगतका दिनहरुमा सरकारले यसको भव्य आयोजना गर्नु पर्ने त्यसमा आफुहरुले सहयोग गर्ने अध्यक्ष आचार्यले जनाए । सोही दिवसको अवसरमा १ बजेदेखी संगम सामुदायी पुस्तकालयमा “समृद्ध नेपालको आधार, सूचना प्रविधि र संञ्चार” बिषयक बतृत्वकला समेत हुने संघका सचिव पेशल राईले जनाएको छ ।