Wednesday, April 22News That Matters

प्रथम स्वर्गिय दिपक राई (दोर्पाली) स्मृति फुटबलको उपाधी फ्युजन क्लब बोक्सेलाई

पूर्णपुष्टि, बैशाख २९ । प्रथम स्वर्गिय दिपक राई (दोर्पाली०.) स्मृति फुटवल प्रतियोगिताको उपाधी फ्युजन क्लब बोक्सेले जितेको छ । आयोजक साकेला युवा समूहलाई १÷० ले पराजित गर्दै फ्युजनले उपाधी जितेको हो ।

शनिवार दिउँसो ३ बजेदेखी साकेलाको खेल मैदानमा भएको फाईनल खेलमा फ्युजन क्लव बोक्सेको तर्फबाट खेलको दोस्रो हाफको ९ मिनेटमा जर्सि नं १० का अभिषेक मगरले हानेको गोल नै बिजयीको गोल बन्यो । यता साकेलाको तर्फबाट कुनै पनि गोल हुन सकेन । प्रतियोगितामा बिजयी हुने फ्युजनले नगद रु २५ हजार ५ सय नगद ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता आयोजक साकेला युवा समूहले नगद रु १५ हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ ।विजेता टिमलाई त्रियुगा नगरपालिकाको उपमेयर महेश्वरी राईले पुरस्कार हस्ताण्तरण गरेकी थिईन् भने उप–विजेता टिमलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाई र स्व. दिपक राईकी पत्नी गिता राईले संयुक्त रुपमा पुरस्कार हस्ताण्तरण गरेकी थिईन् ।

त्यस्तै यस प्रतियोगिताको म्यान अफ द म्याच बन्न सफल भएका फ्युजनका अभिषेक मगरले नगद रु. १ हजार प्राप्त गरे । त्यस्तै बेस्ट गोल किपर साकेलाका सन्दिप भट्टराईले नगद रु. २ हजार प्राप्त गरे । बेस्ट डिफेण्डर साकेलाका जर्सि नं ४ का अनुराग चौधरीले नगद रु. २ हजार प्राप्त गरे । बेस्ट मिडफिल्डर फ्युजनका जर्सि नं १४ का सनम राईले नगद रु. २ हजार प्राप्त गरे । बेस्ट फरर्वाड फ्युजनका जर्सि नं ७ का लक्कि राईले नगद रु. २ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी फ्युजनका जर्सि नं ३ का सोईसन राइले नगद रु. ३ हजार प्राप्त गरे भने प्रतियोगिताभर ४ गोल गरेका सार्वाधिक गोल कर्ता साकेलाका जर्सि नं १० का दिवस श्रेष्ठले नगद रु. २ हजार प्राप्त गरे । त्यस्तै राईजिङ प्लेयर बनेका साकेलाका मन्दिप ढुङ्गेलले नगद रु. २ हजार प्राप्त गरे ।

साकेला युवा समूहको आयोजनामा बैशाख २२ देखी सुरु भई २९ गते सम्पन्न भएको थियो । प्रतियोगितालाई स्वर्गीय दिपक राईकी श्रीमती गिता राईले मुख्य रुपमा आर्थिक सहयोग गरेकी थिईन् । स्वर्गिय दिपक राई पूर्व फुटवलर समेत रहेको हुँदा आत्मा चिर शान्तिको कामना सहित प्रतियोगिताको आयोजना गरिएको थियो ।