Wednesday, April 22News That Matters

सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको निधन

पूर्णपुष्टि, बैशाख ३१ । सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको निधन भएको छ । आनुवंशिक रूपमा परिमार्जित शल्यक्रिया गरेका ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानको दुई महिनापछि मृत्यु भएको हो ।

स्लेम्यान मार्चमा शल्यक्रिया गर्नुअघि अन्तिम चरणको मिर्गौला रोगसँग लडिरहेका थिए। म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) ले विज्ञप्ती निकाल्दै रिचर्डको मृत्यु प्रत्यारोपणसँग सम्बन्धित छ भन्ने कुनै सङ्केत नभएको बताएको छ । सुँगुरबाट अन्य अङ्गहरू प्रत्यारोपण गर्ने धेरै प्रयासहरू भएतापनि पहिलो पटक सफल भएको रिचर्डको शल्यक्रियालाई ऐतिहासिक कोसेढुङ्गाको रूपमा वर्णन गरिएको थियो। मिर्गौला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए । (बिबिसि)