Friday, June 26News That Matters

प्रधानमन्त्री दाहाललाई राज्यमन्त्रीद्धारा नयाँ दिल्लीमा स्वागत

पूर्णपुष्टि,जेष्ठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिनको भारत भ्रमणको भारतको नयाँ दिल्लीमा पुगेका छन् । उनलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन्।

नेपाल–भारत सम्बन्ध उतारचढावपूर्ण रहेको अवस्थामा प्रधानमन्त्री दाहाल भारतको भ्रमणमा निश्किएको हो । प्रचण्ड गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्। दिल्लीमा रहँदा प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने छन्।

द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ। दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि छ । उनी जेठ २० गते स्वदेश फर्कने छन्।