Wednesday, April 22News That Matters

प्रहरी दिवस ब्याडमिन्टन प्रतियाेगिता उदयपुरकाे फाईनल आज

पूर्णपुष्टि, असाेज १३

६९ ओैं प्रहरी दिवसकाे अबसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले आयाेजना गरेकाे ब्याडमिन्टन प्रतियाेगिताकाे फाईनल खेल आज हुदैछ ।

प्रतियाेगिताकाे सबैचरणकाे खेल सकेर फाईनल आज हुने भएकाे हाे । मेन्स डबल्स ए र बी ग्रेड गरि दुई ईभेन्ट्समा प्रतियाेगिता सञ्चालन छ ।

बी ग्रेड ईभेन्ट्सतर्फ ६४ टिमलाई पछि पार्दै प्रहरीका प्रकाश बस्नेत र दिपक राईकाे जाेडी र नरबहादुर राई र रुपनारमयण धामीकाे जाेडि फाईनल प्रवेश गरेका छन् ।

१६ टिम प्रतिष्पर्धि रहेकाे  ग्रेड खेलतर्फ क्वाटर र सेमीकाे खेल विहान सकेर फाईनल हुने जनाईएकाे छ ।

विजयी टिमहरुलाई प्रहरी दिवस समाराेहमा प्रमाणपत्र, शिल्ड, मेडल र नगद पुरस्कारसहित पुरस्कृत गरिने जनाईएकाे छ ।