Thursday, May 21News That Matters

उदयपुरमा बाढिले १ काे मृत्यु, पक्किपुल बगायाे, सप्तकाेशी बस्तिमा पस्याे, सिद्धिचरण राजमार्ग लगायत सबैसडकहरु अबरुद्ध

उदयपुर, असाेज १२
अबिरल वर्षासंगै आएकाे बाढीले आज उदयपुरकाे राैतामाई गाउँपालिका १ माझखर्ककि अन्दाजी १६ वर्षिया हिसिला तामाङकाे गाउँ नजिकैकाे ओडारे खाेलाले बगाएर  मृत्यु भयाे।
उदयपुर र खाेटाङ जाेड्ने सगरमाथा राजमार्गकाे फाेक्सिनटार स्थित पक्कि पुल सुनकाेशीले बगायाे ।
सप्तकाेशीकाे बाढी पसेर उदयपुरकाे बेलका नगरपालिकाकाे वडा नं. ८,९,१,२ र ३ डुवानमा परेकाे छ । वडा नं. ८ काे एलकेखाेजदेखि पसेकाे बाढीले दर्जन बढि बस्तीका ८३ घर  डुबान भएपछि साे क्षेत्रका बासिन्दालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे उद्धारटाेलीले करिव ५ सय जनालाई सुरक्षित स्थान सारेका छन् । डुबानबाट ६ सयघर प्रभावित रहेकाे जनाईएकाे छ ।
भेलबाढीका कारण सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी-घुर्मी सडकखण्ड अबरुद्ध भने जिल्लाका सबैजसाे सडक अबरुद्ध छन् ।