Thursday, May 21News That Matters

उदयपुरमा बाढिले १ काे मृत्यु

उदयपुर, असाेज १२
अबिरल वर्षासंगै आएकाे बाढीले आज उदयपुरमा एक जनाकाे मृत्यु भएकाे छ । राैतामाई गाउँपालिका १ माझखर्ककि अन्दाजी १६ वर्षिया हिसिला तामाङकाे गाउँ नजिकैकाे ओडारे खाेलाले बगाएर  मृत्यु भएकाे छ ।
खेतीबाट घर फर्कने क्रममा दिउसाे बगाएकाे र बगाएकाे केही तल उनकाे शव फेला परेकाे स्थानीय गन्जु शेर्पाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक सन्ताेष कार्कीले घटनाकाे पुष्टि गर्नुभयाे ।