
पूर्णपुष्टि, असाेज १२ ।
सगरमाथा राजमार्ग अन्तर्गत उदयपुर र खाेटाङ जाेड्ने फाेक्सिन्टार स्थित पक्कीपुल आज बाढीले बगाएकाे छ । सुनकाेशीमा आएकाे बाढीले साे ठाउँकाे पक्कीपुल बगाएकाे राैतामाई गाउँपालिका उपाध्यक्ष भुपेन्द्र थापाले जानकारी दिनुभयाे ।
पुल नाघ्नेगरी उर्लिएकाे बाढीले पिलर भाँचेर पुल बगाएकाे स्थानीयलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिनुभयाे ।
पुल भत्किएपछि साे क्षेत्र हुँदै खाेटाङसंगकाे सम्पर्क सडक विच्छेद भएकाे छ ।
