Monday, April 20News That Matters

प्रेममा धोका पाएको भन्दै सप्तकोशीमा हाम फालेर एक युवा वेपत्ता

बेलका/माघ,२८
सुनसरीको एक युवाले प्रेममा धोका पाएको भन्दै उदयपुरको बेलका र सुनसरीको चतारा स्थित कोशिपुल बाट हाम फालेर बेपत्ता भएको छ । अन्दाजी इटहरीका ३० वर्षीय राजेश बानियाँ मंगलबार साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोसी पुलबाट हाम फालेर बेपत्ता भएका हो ।

कोसीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेखेका थिए । ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो ।

केही छैन, आसा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आसा छ तिमीले मलाई माफ गर्ने छौ । उनले स्टाटसमा लेखेका थिए । एक प्रत्यक्षदर्शीका अनुसार बानियाँ बिहानै देखि बाइकमा पुलबाट ओहरदोहर गरिरहेका थिए ।

कोसीमा हाम फालेलगत्तै पानी बोटमा सवार यात्रुहरूले बाँस दिएर बचाउने कोसिस गरे पनि उनले बाँस नसमातेको प्रत्यक्षदर्शीले बताए । उनले हाम फालेको स्थान नजिकै को३७प ७ नम्बरको रातो रंगको बुलेट, मोटर साईकल एक जोर जुत्ता, बिलबुक र लाइसेन्स ट्रायल पास गरेको कागज फेला परेको इलाका प्रहरी कार्यालय चतराले जानकारी दिएको छ ।