Friday, April 17News That Matters

फरार टिपर चालक प्रहरी नियन्त्रणमा

पूर्णपुष्टि सम्बाददाता
गाईघाट । ४ चैत्र, २०८२
मदनभण्डारी लोकमार्गको कटारी–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका –६ नेपालटारमा मोटरसाईकललाई ठक्कर दिइ बेपत्ता भएका टिपर चालक प्रहरी नियन्त्रणमा परेको छ ।
चालक विनोद भन्ने प्रेमबहादुर खड्का दिउसाे करिव ३: ०० बजेकाे समयमा जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएको र नियन्त्रणमा राखि थप आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
कटारीबाट गाईघाटतर्फ आउदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले विपरित दिशाबाट आउदै गरेको बागमति प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाईकल चालक खोटाङको बराहापोखरी गापा–५ का ३० वर्षिय भुपाल राई गम्भिर घाइते भएका थिए । उनलाई जिल्ला अस्पताल उदयपुरमा लगि उपचार गराउने क्रममा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।