
पूर्णपुष्टि, ३ असार ।
पाँचथरमा पहिरोले बेपत्ता पारेकी एक बालिकालाई ६ घण्टा पछि सकुशल उद्धार गरेको छ । जिल्लाको फालेलुङ गाउँपालिका(३ पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको जिल्ल प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन्।
उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्याएका प्रहरीले जानकारी दिए । पहिरो आउँदा मनप्रसाद भने घरबाहिर थिए।
‘म पिसाब गर्न घरबाहिर निस्केको थिएँ । त्यहिबेला पहिरोले म संगै सुतेकी नातिनी सहित घर पुर्यो,’ मनप्रसादको भनाइ उदृध गर्दै एक प्रहरीले भने।
