
पूर्णपुष्टि, असार ३ । भारतमा हुने एक दिवसिय आईसीसी क्रिकेट विश्वकपको लागी आजदेखी छनोट प्रतियोगिता सुरु हुदैँछ । दश राष्ट्र सम्मिलित छनोट प्रतियोगिता खेलको लागी दुई समुह विभाजन गरिएको छ ।
समुह ‘ए’ मा नेपाल सहित दुई पटकको विश्व विजेता वेष्ट इन्डिज, घरेलु टोली जिम्वाबे, नेदरल्याण्ड्स र अमेरिका रहेको छ । आज नेपालले आफ्नो पहिलो खेल घरेलु टोली जिम्वाबेसँग खेल्दैछ । जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।
नेपालले समुह चरणको खेल २० जुनमा अमेरिका, २२ जुनमा वेष्ट इन्डिज र २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न लागेको हो ।
यसअघि सन् २०१८ मा जिम्बाब्वेमै भएको विश्वकप छनोट खेलेको नेपालले ओडिआई मान्यता प्राप्त नभएको कारण उक्त खेलले ओडीआई मान्यता पाएको थिएन् । अब भने विश्वकप छनोट खेल्ने सबै १० टोलीसँग ओडीआई मान्यता छ । नेपालले ओडीआई मान्यता प्राप्त गरेपछि ५१ ओडीआई खेलिसकेको छ र पाँच वर्षपछि फेरि जिम्बाब्वेमै विश्वकप छनोट खेल्दैछ ।
