
पूर्णपुष्टि, जेष्ठ २९ । फिफा यु–२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ । अर्जेन्टिनामा भएको प्रतियोगिताको फाईनल खेलमा सोमबार बिहान इटलीलाई ०–१ गोलले हराउँदै उरुग्वेले पहिलो पटक उपाधि चुमेको हो ।
उरुग्वेलाई जित दिलाउन खेलको ८६ औं मिनेटमा लुसियानो रोड्रिगेजले गरेको गोल नै निर्णयक गोल बनेको थियो । उरुग्वेलाई जित दिलाउन खेलको ८६ औं मिनेटमा लुसियानो रोड्रिगेजले गोल गरे । रोड्रिगेजले गरेको गोल नै उरुग्वेको जितको लागी निर्णयक गोल बन्यो । यसअघि उरुग्वे १९९७ र २०१३ मा उपाधि नजिक पुगेर पनि उपाधि जित्न सफल भएको थिएन् भने तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो ।
यू–२० विश्वकप सार्वाधिक जित्ने राष्ट्रमा अर्जेन्टिना पहिलो छ भने दोस्रोमा ब्राजिल रहेको छ । अर्जेन्टिनाले ६ पटक यो उपाधि जितेको छ भने ब्राजिलले ५ पटक जितेको छ ।
