
पूर्णपुष्टि, जेष्ठ २९ । बाजुरामा आज भुकम्प गएको छ । जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर बिहान ७ : ३८ मिनेटमा भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सहायक प्राविधिक राजेश शर्माले ४.४ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।
