Wednesday, April 22News That Matters

फुलजाेर नजिकै त्रियुगा बाढीले मदनभण्डारी राजमार्ग भाँसियाे, सावधान अपनाउन जरुरी (भिडियाे)

पूर्णपुष्टि, असाेज ७ । 

मदनभण्डारी राजमार्ग अन्तर्गत गाइघाट-बेल्टार सडकखण्डकाे फुलजाेर नजिकै सडक भाँसिदा दुर्घटनाकाे जाेखिम थपेकाे छ । गाइघाटदेखि ७ किलाेमिटर पूर्व त्रियुगा नगरपालिका र चाैदण्डिगढी नगरपालिकाकाे सिमानामा सडक भासिएकाे हाे । केहीदिनकाे भारीबर्षा पछि त्रियुगा नदीकाे बाढीले सडक किनारमा खाेलेपछि सडक जाेखिमपूर्णरुपले भासिएकाे हाे । सडकलाइ विशेष मर्मत गरी बनाउनुपर्ने अवस्था भएपनि निर्माण ठेकेदार कम्पनीले सामान्य टालटुल मात्र गरेकाे छ । उक्त ठाउँमा दाेहाेराे सवारी साधन चलाउने मिल्ने अवस्था छैन । भासिएकाे ठाउँलाइ पूर्ण सावधानीका लागि घेरेर राख्नुपर्ने स्थानीयबासीकाे भनाइ छ ।