
पूर्णपुष्टि, उदयपुर, ७ असोज ।
नेपाल बाल संगठन उदयपुरको बर्तमान कार्यसमिति खारेज गरी साझा बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरमा विद्यार्थी युवाहरुले ज्ञापन पत्र बुझाएका छन् । हालको कार्यसमिति एमालेमुखी रहेको भन्दै साझा संस्थालाई दलियकरण गर्न नहुने उनिहरुको माग छ । मंगलबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा नेकपा माओवादी निकट विद्यार्थी युवा तथा कांग्रेस निकट विद्यार्थी युवाहरुले ज्ञापन पत्र बुझाउँदै विद्यान अनुरुप कार्यसमिति चयन गर्न र संस्थालाई गैरदलिय बनाउँदै साझा नेतृत्व चयन गर्न माग राखेका हुन् । २७ जना भन्दा बढी युवा विद्यार्थीहरुको उपस्थितिमा नेपाल सरकार माताहतका संस्थालाई कुनै पनि दलहरुले हस्तक्षेप गर्न नहुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । माओवादी, कांग्रेस एमाले कुनै पनि दलका व्यक्तिहरुले साझा संस्थालाई हस्तक्षेप नगर्न र त्यस बाहेकका बालवालिकाकै क्षेत्रमा काम गरिरहेका बिज्ञ सामाजिक सmाझा व्यत्तिहरु मात्रै नेतृत्वमा जानु पर्ने माग राखेका छन् ।

दलका प्रतिनिधिहरु यसको नेतृत्व भएमा यस संस्थाको उदेश्य अनुरुप काम नहुने ज्ञापन पत्रमा उल्लेख गरिएको हो । उनिहरुले यस संस्था उदयपुरमा रहेदेखी कुनै पनि वालवालिकाहरुलाई दुई रुपयाँ समेत दिन नसकेको जनाएको छ । बालमन्दिरको नाममा रहेको सटहरुबाट उठाएको भाडाहरु पनि पार्दशी नभएको आरोप लगाएको छ । स्थानीय सरकार प्रदेश र केन्द्र बाट समेत समन्वयमा आएको बजेटहरुको पनि कुनै काम नदेखिएको भनाई छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले अनुसन्धान र विद्यान अध्यान गरी कानुनी व्यवस्था र प्रक्रियामा आफ्नो ध्यानाकर्षण रहेको जनाएको छ ।

