Friday, June 12News That Matters

फेरी रुखको अग्रता, ४८ मतले कलम पछाडि

पूर्णपुष्टि, जेठ १२ ।
त्रियुगा मतगणनामा रुखले अग्रता लिएको छ । रुख र कलमको आलोपालो अग्रता चलिरहेको छ । ४८ मतले कलमलाई पछि पार्दै रुखले अग्रता लिएको हो ।
पछिल्लो १२ हजार १५ गणनाको परिणाम अनुसार प्रमुख पदमा नेपाली काङ्ग्रेसका बसन्त बस्नेतको ३८३१, गठबन्धनबाट नेकपा (एस) का बलदेव चौधरीको ३७८३ र नेकपा एमालेका भागवत राउतको २८३० मत रहेको छ ।
उपप्रमुखमा काङ्ग्रेसकी सरिता राई ३४८६ मतसहित अग्रतामा छिन् । नेकपा एमालेकी महेश्वरी राई ३१२५ मतका साथ दोस्रो स्थानमा रहेकी छिन् भने गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्की ३०७९ मतका साथ तेस्रो स्थानमा छिन् ।
१६ वटा वडाहरु मध्ये १, २, १४, १५ र १६ गरी ५ वटामा गणना सकिएको छ । ३, ४ र १५ मा गणना चलिरहेको छ भने बाँकी वडाहरु बाँकी छन् । नगरमा जम्मा ४० हजार १७९ मत खसेकोमा अव २८ हजार १६४ गणना बाँकी रहेको जनाइएको छ ।