Saturday, June 13News That Matters

फेसबुक मार्फत मेयर र उपमेयर विरुद्ध गलत भ्रम फैलाउने एक युवक झापाबाट पक्राउ

पूर्णपुष्टि, भदौ १३ गते ।
सामाजिक सञ्जाल फेसबूक मार्फत मेयर र उपमेयरविरुद्ध गलत भ्रम फैलाएको अभियोगमा झापाबाट एक युवक पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बिर्तामोड नगरपालिका–४ निवासी २२ वर्षीय राजु बिमलीलाई नियन्त्रणमा लिएको डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।
बिमलीलाई आइतबार दिउँसो उनकै घरबाटै नियन्त्रणमा लिएको हो । बिमलीले शनिबार राति बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईँ र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको तस्बिर राखेर मेयर र उपमेयर हराएको सूचना भन्दै भ्रमपूर्ण सन्देश पोष्ट गरेका थिए ।
दमकमा आइटी अध्ययन गर्दै आएका उनले सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएको आरोपमा नियन्त्रणमा लिएको डीएसपी कुँवरले बताए ।
उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।