
पूर्णपुष्टि, भदौ १३ गते ।
बुवाको हत्या गरेको अभियोगमा रुपन्देहीबाट २७ वर्षीय दीपक पुन पक्राउ परेका छन् । जिल्लाको देवदह नगरपालिा–१० दलदले बस्ने ५१ वर्षीय बुवा प्रेमप्रसादको हत्या गरेको
आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्या गरेको खबरपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
