
पूर्णपुष्टि, गाईघाट/ चैत्र १६ ।
नेपाल फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा राकेश नेपालीको नेतृत्वमा ९ कार्य समिति चयन भएको छ । सोमवार थारु होम स्टेमा भएको तेस्रो अधिवेशनले नेपालीको अध्यक्षता चयन गरेको कार्य समितिको उपाध्यक्ष गोपाल कृति, सचिवमा बिक्रम राई, सहसचिवमा सौरब मगर कोषाध्यक्षमा आस्था ठकुरी रहेको छ । यस्तै सदस्यहरुमा नयन राई, तिजा सुस्लिङ मगर, भुवन कार्की, प्रशान रौनियार, अभिजित साह, अनु दनुवार, मोहन राउत र शम्भु मगर रहेको छ । यस्तैगरी प्रदेश तथा केन्द्रीय पार्सदहरु अप्सरा समाल, ईश्वर बलम्पाकी, कबिता राई, गंगा राई, देबराज राई, लक्ष्मी पोखरेल बीरसबाबू शाही रहेको छ । संस्थापक अध्यक्ष तथा केन्द्रिय अध्यक्ष गजेन्द्र राईको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा अग्रज पत्रकार महेश्वर चाम्लीङ लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

