Sunday, May 3News That Matters

बयलगढी (लहरु) सफारी शुभारम्भमा मन्त्री देखी कलकार सम्मको उपस्थित रहने

पूर्णपुष्टि, २४ फागुन ।
त्रियुगा नगरपालिका १३ स्थित बहेडुवा थारु सामुदायीक होम स्टेले भोली भव्य भयलगढी सफारी शुभारम्भ गर्ने भएको छ । बयलगढी शुभारम्भलाई भव्य र सभ्य बनाउन होम स्टेले सबैखाले तयारी पुरा गरेको छ । शुभारम्भको लागि बिषेश ब्यक्ति तथा आकर्षक कलकारहरुलाई सहभागी गराईने आयोकजले जनाएको छ ।

फागुन २५ शुक्रबार माहाशिवरात्रीको अवसर पारी उक्त सफारीको शुभारम्भ हुने छ । सफारीको औपचारिक उद्घाटन कोशी प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री राम कुमार खत्रीले गर्ने भएको छ भने, खानेपानी मन्त्री नारायण बुर्जा मगर, उपसभामुख सिर्जना दनुवार बिशिष्ट अतिथिको रुपमा रहने छ । होम स्टे घरवास महासंघका केन्द्रीय अध्यक्ष प्रेम संकर मर्दनिया बिशेष अतिथि रहने छ । यस्तैगरी उदयपुरको लागि कला, साहित्य, पर्यटन, खेलकुद जस्ता क्षेत्रमा योगदान पुराएका थारु समदायका ब्यक्तिहरुलाई पनि अतिथि तथा सम्मानको लागि सहभागी गराईने कर्याक्रम व्यवस्थापक प्रभा चौधरीले जनाईन् ।

थारु मिस नेपाल २०२१ की बिजेता लिभा थारु, नरेश सुर्या क्लासिक नेपाल २०२३ क्लासिक फिजिक्स गोल्ड मेडलिस्ट बिजेता बडिबिल्डिङ समूह उप बिजेता दिलिप कुमार चौधरी, साईकलिङ संघका अध्यक्ष तथा पर्यटन सल्लाहकार जितु रोईला र मन्डला थ्रियटर तथा पिके डनका अभिनेता साथै होटल व्यवसायी प्रदिप कुमार चौधरी लगायतका ब्यक्तिहरु अतिथिको रुपमा रहेको छ । यस्तै कलकारहरु गायिका सवनम चौधरी, गायक असोक सिवा, गायक अस्विन जसराज, मोडल रेखा राई लगायतका कलकारहरुले शुभारम्भलाई भव्य बनाउने छ । कार्यक्रमलाई संञ्चारकर्मि डिएन खोहरीया चौधरीले संञ्चालन गर्ने छ ।