Sunday, June 28News That Matters

बर्षमान पुन र प्रचण्ड पुत्री गंगादाहालले दिए मेजर राईलाई बधाई

पूर्णपुष्टि, जेष्ठ १
पूर्व उर्जामन्त्री तथा माओवादी नेता बर्षमान पुनले उदयपुरको लिम्चुङबुँङ गाउँपालिकामा बिजयी भएका मेजर कुमार राईलाई बधाई दिएका छन् । उनले उदयपुर,लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मेजर राई दोस्रो पटक विजयी हुनु भएकोमा हार्दिक बधाई भनेर फेसबुकमा पोस्ट गर्दै बधाई दिएका हुन् । यस्तै माओवादीका अध्यक्ष पुष्प कमल दाहालका कान्छी पुत्री गंगा दाहालले पनि राईलाई बधाई दिएकी छिन् । दाहालले फेसबुकमा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षमा मेजर राई विजयी हुनु भएकोमा हार्दिक बधाई तथा कार्यसफलताको शुभकामना छ। भन्दै बधाई तथा सफलताको शुभकामना व्यक्त गरिन् ।

राई नेकपा माओवादी बाट दोस्रो पटक अध्यक्षमा निर्वाचित बनेका हुन् । राईले आफ्नो प्रमुख प्रतिपक्षि नेकपा एमालेका राज कुमार राईलाई फराकिलो मतान्तरले हराउँदै बिजयी हाँसिल गरेका थिए । राईले अन्तिम मत परिणाम सार्वजानिक नगर्दै ४ सयले अग्रता लिएका थिए ।

करिब २ सयको हाराहारीमा मत गन्न बाँकी रहँदा राईले १८१८ ल्याएका थिए भने एमालेका राज कुमार राईले १३९८ ल्याएका थिए । राई नेपाली कांग्रेस र नेकपा माओवादीका साझा उम्मेदवार हुन् । राईको बिरुद्धमा माओवादी बाटै होम किराँतीले बागी हालेका थिए । बागीले हाल्दा पनि राईले फराकिलो मत ल्याएर बिजयी बने । स्वतन्त्र उम्मेदवार होम किरातीले पनि ५ सय बढी मत प्राप्त गर्न सफल भएका छन् । उपध्यक्षमा पनि गठबन्धनकै पुष्पलाल राई बिजयी बनेका छन् ।