
पूर्णपुष्टि, जेठ १ गते ।
धनकुटाको चौविसे गाउँपालिका–२ का नवनिर्वाचित वडा सदस्यको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको हो । बेहोस भएका मगरलाई उपचारको लागि विराटनगर लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका–२ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए ।
