
पूर्णपुष्टि, मंसिर १९
सुनसरीको कोशी गाँउपालिका– ८ भाण्टाबारी स्थित बस दुर्घटना हुँदा बसका सह–चालकको मृत्यु भएको छ, भने २० जना घाईते भएका छन् । मृत्यु हुनेमा बसका सह–चालक सिरहा धनगढी नगरपलिका–८ का २६ वर्षीय जिवस यादव रहेका छन् ।
हिजो दिउँसो साढे १ बजे को १ ख ४९८८ नम्बरको बसले ओभरट्याक गर्दा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो । बस चालक सिरहा लाहान नगरपालिका– ८ का अमित गुप्ता र ट्रक चाकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
