Wednesday, June 10News That Matters

बहराईनलाई हराउँदै युएई सेमिफाईनलमा प्रवेश

पूर्णपुष्टि, बैशाख १३ । एसीसी मेन्स प्रिमियर लिग अन्तर्गत समुह ‘बी’ को आफ्नो अन्तिम खेल जित्दै युएई सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार मुलपानी मैदानमा भएको खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै युएई सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो ब्याटिङ गरेको बहराइनले ४०.५ ओभरमा ८ विकेटको क्षति सहित ११६ रन बनाएको थियो भने कप्तान हैदर बट र अली दाउदले सर्वाधिक २३–२३ रन जोडेका थिए । बलिङमा युएईका आयन खानले चार विकेट लिए थिए भने रोहन मुस्ताफा र कार्तिक मेइयाप्पनले समान दुई दुई विकेट लिए । ११७ रनको लक्ष्य पाएको युएईले २ विकेटको क्षतीमा २७.४ ओभरमै पुरा गरेको थियो । वृत्य अरविन्दले नटआउट ६२ रन र मुस्ताफाले नटआउट ५० रन जोडे। त्यसअघि आर्यन लक्रा ५ रन र मोहमद वासीम १ रनमा आउट भए।

बराईनलाई हराएसँगै शिर्ष स्थानमा रहेको युएई चार खेलमा ६ अंक जाड्दै सेमिफाईनलमा पुगेको हो । अब समुह बी बाट हङकङ र कुवेत मध्ये एक टिम सेमिफाईनलमा पुग्नेछ । पाँच अंक जोडेको हङकङ र ४ अंक जोडेको कुवेत बिच बिहीबार खेल हुनेछ । यस समूह विजेताले नेपाल रहेको समुह ‘ए’ को उपविजेतासँग र उपविजेताले समुह विजेतासँग सेमिफाईनलमा प्रतिष्पर्धा गर्नेछ । तीन अंक जोडेको बहराइन र सबै खेलमा पराजित सिंगापुर भने बाहिरिएका छन्।