
पूर्णपुष्टि, वैशाख १४ गते ।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेस उदयपुरले आग्रह गरेको छ । जिल्ला सभापति हिमाल कार्कीले एक विज्ञप्ती जारीगर्दै बागी उम्मेदवारी दिएकालाई वैशाख १६ गते सम्म उम्मेदवारी फिर्ता गर्न अग्रह गरेको हो ।
उदयपुरमा पार्टीले आफूलाई बागी चौदण्डीगढीको टिकट नदिएको भन्दै नेता प्रसान्त कुमार राईले बागी उम्मेदवारी दिएका छन् । सो नगरमा कांग्रेसले खगेन्द्र राईलाई प्रमुखमा टिकट दिएको छ । यस्तै, जिल्लाका अन्य पालिका र वडाहरुमा समेत नेपाली कांग्रेसका नेताहरुले बागी उम्मेदवारी दिएका छन् ।
