
पूर्णपुष्टि, १० साउन ।
मृत फेला परेको भनिएको बागलुङका बरिष्ठ सईको हत्या भएको निष्कर्श अनुसन्धानले निकालेको छ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक ९सई० उज्जल पौडेल सोमबार बिहान होटलमा मृत भेटिएका थिए ।
पर्दाको पासो लगाएको अवस्थामा आशा होटलको तल्लो तलामा मृत भेटिएका पौडेलको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताए ।
पौडेल बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलमा मृत भेटिएपछि घटनालाई संकास्पद मानिएका थिए । उक्त घटनाको घटनाले सई पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
हत्यामा संलग्न आरोपमा प्रहरीले होटल संचालिका ५१ वर्षीय आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई पक्राउ गरेको छ । होटलमा खाजा खान गएका वरिष्ठ सई पौडेल र होटल संचालिकाको आमा–छोरासँग विवाद हुँदा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी कुँवरले जानकारी दिए ।
‘टाउको र छातीमा कुटपिट गरेर बेहोस बनाएपछि कपडाले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ डिएसपी केसीले भन,‘आरोपीतहरुलाई पक्राउ ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेका छौं ।’
