
पूर्णपुष्टि,चैत्र २७ । विश्व प्रसिद्ध तिब्बती धर्म गुरु दलाई लामा चुम्बनको कारण विवादमा फसेका छन् । एक नाबालकलाई चुम्बन गरिसकेपछि आफ्नो जिब्रो चुस्न लगाएको भिडिओ सार्वजनिक भएसँगै उनी विवादमा फसेका हुन् ।
सार्वजनिक भिडिओमा लामाले एक नाबालकलाई सुरुमा अंगालो हाल्छन् र हाँस्दै ती बालकलाई आफ्नो जिब्रो चुस्न लगाउँछन् । उनको यो व्यवहार अस्वाभाविक र घीनलाग्दो भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।
उक्त श्रव्यदृश्य सामग्री सार्वजनिक भएपछि चौतर्फी आलोचना भएका कारण दलाई लामाले सार्वजनिक माफी मागेका छन् । बालकले मलाई अंगालो दिन सक्नुहुन्छ भनी सोधेका थिए । म बालक, उनका परिवार साथै उनका साथीहरुसँग मैले निम्त्याएको चोटका लागि माफी माग्न चाहन्छु । मैले प्रायः सार्वजनिक रुपमै क्यामराको अगाडि नै निर्दोष मानिसहरुलाई जिस्काउने गर्छु । म यो घटनाप्रति माफी माग्न चाहन्छु’, उनले भनेका छन् ।
