
पूर्णपुष्टि,चैत्र २७ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठको टेलिफोन संवाद भ्रष्टाचार संग सम्बन्धित छ यस्को निष्पक्ष छानबिनको माग गरेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताउनुभएको हो ।
फोन संवादमा साढे २ करोड कोर टिमलाई बुझाउनुपर्छ भनेको छ। कोर टिम भनेको हो ? त्यसको पनि छानबिन गर्नुपर्दैन सभामुख महोदय ? गुरुङले भने, ‘संसद सदस्यले गरेको कमिसन, भ्रष्टाचारसँग सम्बन्धित वार्तालापका सन्दर्भमा संसद चुप लागेर बस्नुहुँदैन । आजको बैठकबाट संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न माग गर्दछु।’
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आफू स्वास्थ्य मन्त्री बन्ने भन्दै सांसद श्रेष्ठले दुई करोड माग गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले उनलाई निलम्बन गरेर छानबिन गरिरहेको छ।
