
पूर्णपुष्टि, माघ १८ गते । सुनसरीको इटहरी उप–महानगरपालिका–६ को कविर माध्यमिक बिद्यालयबाट सोमबार ल्यापटप–२ थान र टि.भी–१ थान चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–१५ सुनसरीका २९ बर्षीय गौतम राई रहेका छन् ।
चोरी गर्ने राईको सि.सि व्यामेरामा चोरी गर्दै गरेको फुटेज कैद भएकोले हुलिया परिपत्र गरी खोजतलास गर्ने क्रममा हिजो दिउँसो १० बजे उनलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी गस्ती टोलीले नेपाल भारतको सिमा नजिक सडकमा समान सहित फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेको राईको ईलाका प्रहरी कार्यालत रानीबाट थप अनुसन्धान भईरहेको छ ।
