Saturday, June 13News That Matters

उदयपुरमा प्रतिबन्धित औषधीसहित तिन युवक पक्राउ

पूर्णपुष्टि, माघ १८ गते । उदयपुरमा प्रतिबन्धित औषधीसहित तिन युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–३ बस्ने २० बर्षीय बिशाल तामाङ, २४ बर्षीय प्रदिप तामाङ र २१ बर्षीय बर्षीय उमेश खत्री रहेका छन् ।

प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालीका–४ स्थितमा चेकजाँचको क्रममा उनिहरुलाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट नाइट्राभेट ३२ ट्याव्लेट बरामद गरेको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।