
पूर्णपुष्टि, माघ १८ गते । १ नं प्रदेशको नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चासो देखिएको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की प्रधानमन्त्रीलाई भेट्न आज बिहान बालुवाटार पुगेका छन् । भेटमा सरकारको काम र विकास निर्माणको बारेमा छलफल भएको मुख्यमन्त्री कार्कीले बताए ।
उहाँका अनुसार प्रदेशको विकास र प्रदेशलाई मजबुत बनाउने विषयमा छलफल भएको छ । साथै उहाँ प्रधानमन्त्री भएपछी पहिलो भेट गरेको हो । प्रधानमन्त्रीले प्रदेशलाई मजबुत बनाउन शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने आश्वासन दिएका छन् ।
१ नं प्रदेशको नामको बिषयमा चासो देखाउनु भएको छ । ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले नाम राख्न सकेको छैन । मुख्यमन्त्री कार्कीले चाँडै नाम राख्ने प्रक्रिया अघि बढाउने जनाएका छन् ।
