
पूर्णपुुष्टि, २५ भदौ ।
गाईघाटमा बलभद्र भगवानको पूजन्मउत्सव भव्यताका साथ मनाईएको छ । कलवार जातिले कुलदेवताको रुपमा पुज्दै आएको बलभद्रको उत्सवमा पूजाआजा देखी सांस्कृतिक लगायतका कार्यक्रमहरु गरी मनाईएको आयोजकले जनाएको छ । कलुवार सेवा समाजको आयोजनामा शनिवार उक्त कार्यक्रम सम्पन्न भएको हो । समितिका सदस्य अमित भगतका अनुसार कलश यात्रा, पुजा आरम्भ, स्वागत तथा सम्मान, सांस्कृतिक कार्यक्रम र प्रसाद ग्रहण गर्दै कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम एकै दिन फरकफरक समयमा संञ्चालन गरिएको सदस्य भगतले जनाए ।



