Thursday, June 18News That Matters

बिभिन्न कार्यक्रम सहित उदयपुरमा पनि मनाईयो अन्तराष्ट्रिय श्रमिक दिवस

पूर्णपुष्टि,बैशाख १८ । उदयपुरमा पनि १३४ अ‍ैँ विश्व अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रुपमा मनाईएको छ । श्रमिकहरुको हक अधिकारलाई संरक्षण गर्ने भन्दै देशैभर यो दिवस मनाईएको हो । सोमबार नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन(क्युपेक नेपाल०) उदयपुरको आयोजनामा गाईघाटमा पनि बिविध कार्यक्रम सहित यो दिवस मनाईएको हो ।

गाईघाट पिपलचोक स्थित औपचारिक कार्यक्रमहरु सहित अन्य मनोरञ्जन कार्यक्रमहरु जोडेर दिवस भव्य सम्पन्न भएको क्युपेक नेपाल उदयपुरका अध्यक्ष सक्षिम दनुवारले वताए । दनुवारका अनुसार साईकल स्लो, म्युजिकल चियर र बाँसमा चढि भाले छुने साथै सांगितिक कार्यक्रम लगायतका मनोरञ्जन कार्यक्रमहरु समेत राखिएका थिए । गन्धर्भहरुको सांगितिकमय कार्यक्रमले दिवसलाई थप आकार्षण बनाएका थिए । कार्यक्रमको पहिलो चरण पस्चात ¥याली लगाईएका थिए । उक्त र्याली गाईघाट बजारको मुख्य चोक सँगै बजार परिक्रमा गरी पिपलचोकमा औपचारिक रुपमा कोणसभा आयोजना गरिएका थिए ।

साईकल स्लो, बाँसमा चढि भाले छुने र म्युजिकल चियरमा क्रमश : बिग बहादुर दनुवार, किस्नी सदा प्रथम र राजु सदा 

दिवसकै क्रमममा संञ्चालन गरिएको साईकल स्लोमा बिग बहादुर दनुवार प्रथम,गौतम राई दास्रो र संञ्जिप शर्मा तेस्रो भएका छन् । यता म्यजिक चियरमा भने किस्नी सदा प्रथम,सम्झना तामाङ दोस्रो र सबुटि चौधरी तेस्रो भईन् । साईकल स्लो र म्युजिकल चियरमा प्रथम हुनेलाई सम्मान स्वरुप २ हजार द्धित्तिय हुनेलाई १५ सय र तृत्तिय हुनेलाई रु, १ हजार नगद पुरस्कार प्रदान गरेका थिए । यता भाले समाउने खेलमा भने राजु सदाले करिव १५ फिट माथि झुन्डाईएका भाले हात पार्न सफल भए ।